चितवन - कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताए ।सङ्क्रमण शुरु हुने समयमा नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण…