काठमाण्डु – नेपालमा भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । काठमाण्डु र वीरगञ्जमा चार जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाण्डु चावहिलकी ७१ वर्षीया महिला रहेकी छन् । उनको सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा मृत्यु भएको हो । वीरगञ्जमा मृत्यु भएका तीन जनामध्ये दुई जना बाराका छन् भने पर्साका एक जना…