काठमाण्डु - दोलखाको गौरीशंकर गाउँपालिका ९ बेदिङमा मतदाताहरूले निर्वाचन बहिष्कार गरेका छन् । दुर्गम बस्ती बेदिङका स्थानीयवासीले उम्मेदवारहरू गाउँमै मत माग्न नआएको भन्दै मतदान नै बहिष्कार गरेका हुन् । बिहीबार बिहान साढे ११ बजेसम्म कोही पनि मतदाता मतदान केन्द्रमा गएका छैनन् । कर्मचारीहरू पर्खिरहेको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले बताए । बेदिङमा रहेका १…