इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत आरीबासको प्रतिबद्धता

काठमाण्डु– नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। इजरायलमा अध्ययन गरेका नेपालीहरूको संस्था ‘सलोम क्लब’ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले कठिन परिस्थितिमा रहेको इजरायललाई नेपालले सधैं नैतिक समर्थन पुर्‍याउँदै आएकोमा धन्यवाद ज्ञापन गरे। उनले भने, “हामीले पनि नेपाललाई भरपर्दो मित्रका रूपमा व्यवहार गर्दै आएका छौं।” राजदूत…