काठमाण्डु - पछिल्लो २४ घण्टामा अफगानिस्तान लगातार भूकम्पले प्रभावित भएको छ । शुक्रबार बिहानै ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । स्थानीय समयअनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११ः५८ बजे ४.१ म्याग्निच्युडको…