सुडान मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

काठमाडौं— शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित फर्म पुलिस युनिट अनामिड १५औं समूहमा खटिएको नेपाल प्रहरीको टोली स्वदेश फिर्ता भएको छ। आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई बिहीबार प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले स्वागत गरे। घिमिरेले मिसनमा गरेका कामको अनुभव र दक्षतालाई आगामी दिनमा आफ्नो कार्यक्षेत्रमा एकआपसमा समन्वय गरी लागू गर्न निर्देशन…