मधेसले मेरो राजनीतिक दृष्टिकोणलाई परिपक्व बनायो : गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाण्डुको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन् । यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले काठमाण्डुमा बसेर लामो समय राजनीति गर्दा…