विद्युत विकास विभागको महानिर्देशकमा भेटुवाल, नविनराज मन्त्रालय सरुवा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत विकास विभागको महानिर्देशकमा मधुप्रसाद भेटुवाललाई नियुक्त गरेको छ । शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट उनलाई नयाँ जिम्मेवारी दिइएको हो । निर्वतमान महानिर्देशक नविनराज सिंहलाई मन्त्रालयमा वैदेशिक महाशाखाको जिम्मेवारीमा सरुवा गरिएको छ । २०७३ असोज १७ गते महानिर्देशक भएका सिंहले २ वर्ष २ महिना २७ उक्त जिम्मेवारीमा रहेर काम गरे ।…