निर्मला पन्त प्रकरणमा पक्राउ परेका प्रदीप रावल पनि थुनामुक्त

काठमाडौं - कञ्चनपुरकी १३ वर्षिय नाबालिका निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुरका युवा प्रदीप रावल थुनामुक्त भएका छन्।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । प्रदीप गत मंसिर २० गते काठमाडौंबाट पक्राउ परेका थिए । रावलमाथि प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मुद्दा चलाएको थियो।…