रिपोर्ट नेगेटिभ आएसँगै सिद्धिपुरमा चारै घरका सिल खुला

काठमाडौं - महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ । सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए । उनले भने, “वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश…