काठमाण्डु- जनकपुरमा शुक्रबार साँझ गोली चलेको छ । जानकी मन्दिर पछाडि प्रहरीले गोली चलाएको हो । अवैध चाँदी रहेको सूचना पाएपछि सुनचाँदी व्यापारीको पसलमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाएको हो । छापा मार्न गएको टोलीलाई व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो । घटनाको पुरा विवरण आउन बाँकी रहेको छ ।