काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव जीत–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन नहुने बताएका छन् । आईतबार काठमाण्डु क्षेत्र नम्बर ४ मा आयोजित नेपाली कांग्रेसको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भदौ २३ गते सन्तान गुमाएकी आमाको पीडालाई चुनावी राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीलाई हामी जित्छौं भन्ने…