काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबिच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ । २ देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो ।




प्रतिक्रिया