परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा : निर्मला पन्तका हत्यारा प्रहरीले नै भगायो !

सुर्खेत - लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटि भएको बताएका छन् । ‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ’, उनले भने, ‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो…