वीरगंज - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन सम्बद्ध अधिकारीहरूलाई दिएका छन् । सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रति ध्यानाकृष्ट गराउँदै यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कार्बाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन…