पत्रकार खग्गोगी प्रकरण : साउदीकै दूतावासभित्र यसरी गरियो हत्या

काठमाडौं- दुई हप्ताअघि टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावास प्रवेश गरेपछि साउदी पत्रकार जमाल खशोग्गी बेपत्ता भए। उनले साउदी सरकारका कतिपय नीतिको आलोचना गर्दै आएका थिए। वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूको एउटा समूहले खशोग्गीको हत्या गरेको टर्कीका अधिकारीहरूको विश्वास छ। र, त्यो डरलाग्दो हत्याबारे अडियो रेकर्डिङसहितका प्रमाण आफूहरूसँग रहेको अंकाराको भनाइ छ।यद्यपि अहिलेसम्म अंकाराले ती प्रमाणहरू सार्वजनिक गरेको छैन।…