खारेज भइसकेका संस्थाको खाता फुकुवा नगर्ने अडानमा भौतिकमन्त्री महासेठ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीको खाता फुकुवा गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन् । विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री महासेठले खारेज भइसकेका संस्थाको खाता फुकुवा नहुने स्पष्ट समेत पारेका छन् । मन्त्री महासेठकाअनुसार यातायात व्यवसायीको खातामा रहेको पैसा सरकारले के काममा खर्च गर्ने भन्ने…