काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी उपसहायक मन्त्री एलिस जि वेल्सबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भएको भेटवार्तामा दिपक्षीय हितका विषयमा छलफल भएको थियो । वेल्स दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायकमन्त्री हुन् । भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे समेत छलफल भएको…