काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीहरुलाई दोस्रो किस्ता वितरण जारी राख्न मातहत र सम्बन्धित निकायलाई निर्देशन दिएको छ । दोस्रो किस्ता लिने समयसीमा यही असार मसान्तसम्म रहेकोले केही जिल्लामा दोस्रो किस्ता वितरणमा अन्योल बढेको समाचार आएपछि प्राधिकरणले किस्ताका लागि सिफारिस तथा निरीक्षण नरोक्न परिपत्र गरेको हो । पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले यसअघि तोकिएको…