पार्टीमा अराजकता र गुटबन्दी हुन दिन्न : अध्यक्ष प्रचण्ड

काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले जनताको भरोसा पुनः बढेको भन्दै पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । माओवादीले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत…