काठमाण्डु – लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले मंगलबार तीज मनाएका छन् । मंगलबार ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीहरूको लागि भनेर तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी सल्लाहाकार पिंकी गुरुङले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले तीज मनाउँदा समाजले बहिष्कार गर्ने गरेको बताइन् । ‘हामी हरेक वर्ष तीज मनाउँछौं । आफू…