काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड(१९) का बिरामी नेपालमा पनि थपिँदै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । ती युवा खाडी मुलुकबाट आएको बुझिएको छ । उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ…