काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामवहादुर रावल नियुक्त भएका छन्। अनलाइन समाचार पोर्टल नेपालखबरका सम्पादक रावललाई प्रधानमन्त्री कार्कीले प्रेस संयोजकमा नियुक्त गरेकी हुन्। उनी कानुन क्षेत्रको रिपोर्टिङमा दक्ष पत्रकारका रूपमा परिचित छन्। उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक र ग्यालेक्सी टेलिभिजनमा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्। लामो पत्रकारिता अनुभव भएका रावलले…