निर्वाचन ०८२ : ११ दल र १ हजार ६७० उम्मेदवारले खोले बैंक खाता

काठमाण्डु- निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म प्राप्त निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आयोगले सक्रिय रूपमा कारबाही गरिरहेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालामाथि स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने, सचेत गराउने तथा विभागीय कारबाही सिफारिस गर्ने काम जारी रहेको जानकारी दिए । उनका अनुसार आयोगले हालसम्म १८८ उजुरीमा…