काठमाडौं उपत्यकासहितका अधिकांश भागमा वर्षा, बैतडी र हुम्लामा हिमपात

काठमाडौं – काठमाडौं उपत्यकासँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट…