जाजरकोट - जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् । समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार २०७४ चैत २८ गते पछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा…