वन्यजन्तु संरक्षणमा प्रेरित गर्न लक्षित कार्यक्रम गर्नुस् : मन्त्री बस्नेत

काठमाडौँ- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन गरेर अघि बढ्ने बताएका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको २५ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम  गर्ने बताएका हुन् । “मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या…