काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । यही जेठ ७ गतेदेखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले…