थिमीका मेयरमाथि आक्रमण गर्ने विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं– मेयरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीलाई पक्राउ गरेको छ। मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर शाक्यमाथि आक्रमण गरेको आरोपमा कालिकोटका कुशल बोगटी पक्राउ परेका हुन्। उनी नेकपा भक्तपुर जिल्ला सेक्रेटरी समेत हुन्। बोगटीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मंगलबार काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो। पक्राउ परेका बोगटीको…