फेरि सडकमा उत्रिए शिक्षकहरू : आजबाट चरणबद्ध आन्दोलन

काठमाण्डु – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० ले शिक्षकहरूको अधिकार र सुविधामा प्रहार गरेको भन्दै फेरि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। (आज) सोमबारदेखि सुरु हुने आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने महासङ्घले जनाएको छ। गत वैशाखमा ९ बुँदे सहमतिपछि स्थगित भएको आन्दोलन भदौ ६ मा प्रतिनिधिसभामा पेश…