प्लाष्टिकका झोला उत्पादन गर्ने कम्पनीमाथि कडाइ गर्छौ :वनमन्त्री वस्नेत

काठमाडौं-  सरकारले प्लाष्टिकका झोला उत्पादन गर्ने कम्पनीमाथि कडाइ गर्ने भएको छ । आइतबार राष्ट्रियसभाको बसेको बैठकमा प्लाष्टिकका झोलामा लगाइएको प्रतिबन्ध कार्यान्वयन सम्बन्धमा सदस्यहरूले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापनमा सरकार लागेको बताए । मन्त्री बस्नेतले उत्पादन हुने क्रम नरोकिनु र प्रयोगमा मात्रै रोक लगाउने काम भएकाले त्यसको प्रभाकारिता न्यून…