कोहलपुरमा ट्रकले किचिएकी प्रकृतिलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

बाँके – बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट घाइते भएकी बालिका प्रकृति चन्दलाई काठमाडौं ल्याइएको छ । दुबै खुट्टा ट्रकको टायरबाट पेलिएकी उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएको हो । कोहलपुर–नेपालगञ्ज सडकस्थित हाई स्कूल चोकमा रहेको त्रिभुवन माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृतिको थप उपचारका लागि ग्वार्काेस्थित बीएण्बी अस्पतालमा ल्याइएको छ । उक्त घटनाले विरोध प्रदर्शन…