खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । “घटनास्थलको…