काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै आईजीपी कार्कीले भोलि हुने निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको बताएका हुन्…