एनपीएलमा जनकपुरको पहिलो जीत

काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जीत निकाल्न सफल भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो । चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको थियो…