दुई किलो चरेशसहित पक्राउ

रोल्पा - सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको…