कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ : प्रधानमन्त्री ओली

कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ,प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने बताएका छन्।

नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताएका हुन्। ‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न सकिदैन’ प्रधानमन्त्री ओलीले भने, ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं ।’

प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार काम गर्न आग्रह गरे। ‘गमलालाई उपयोग गरेर एक मुठा साग उत्पादन गरेर एक छाक टार्नुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंका लागि गरिएको यो सानो कामले कामले देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउछ। ’

कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताए।। जागिर सुरु गर्दाको सर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कमर्चारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।

खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह्याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन। सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ।’

कर्मचारीको वृति विकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागु हुने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने,प्रदेशमा सरुवा हुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन’ प्रधानमन्त्री ओलीले भने। ‘आवश्यकता आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँ गयो त्यहीं सिमित भएर बस्नु पर्दैन।’

कर्मचारी स्थायी सरकार भएकोले उसको सहयोग विना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हिजो कर्मचारीबाट पनि केही तलमामाथि भयो होला’ प्रधानमन्त्री ओलीले भने, ‘हिजो देशको अवस्था पनि विग्रिएको थियो।

सरकारको नेतृत्व पनि विग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यस कारण कर्मचारी पनि समय अनुसार चल्नु पर्दछ।’ प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई विकासमुखी,जनमुखी,सेवामुखी र सुुशासनमुखी भएर काम गर्न निर्देशन दिए।

नेपाल निजामती कर्मचरी संगठनका अध्यक्ष केदार देवकोटाको नेतृत्वमा आएको टोलीले निजामती क्षेत्र सुधारका लागि ११ बुंदे सुझाव समेत दिएको छ।