नाजुक अवस्थामा पुरानो बसपार्क

काठमाडौँ- उपत्यकाका सबै स्थान र बाहिरका केही जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधन राख्न व्यवस्था गरिएको पुरानो बसपार्कको अवस्था अझै नाजुक छ । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको राजधानी शहरको बसपार्क छिर्न नै समस्या हुने गरेको सम्बद्ध यात्रुको गुनासो छ । साविकको बसपार्कमा काठमाडौँ महानगरपालिकाले भ्यू टावर निर्माण शुरु गरेपछि खुलामञ्चको उत्तरी भागमा…