नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको पुल तोडफोड

बागलुङ - नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौंवा खोलाको पुल सोमबार राति अज्ञात समूहले तोडफोड गरेको छ । जैमिनी नगरपालिका–७ जैदी स्थित राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए। क्षेत्रीको नामसहितको विवरण राखिएको शीलालेख र केही संरचना फुटालिएको भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला…