डोल्पा - मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक…