झापा–खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत पानी पु-याइने बताएकी छिन्। झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, 'तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु-याउने लक्ष्यका साथ गृहकार्य भइरहेको छ ।' दूषित पानीकै कारण ८२-८३ वटा रोग लाग्ने गरेको बताउँदै उनले…