काठमाडौं आउँदै गरेको जीप हेटौंडामा दुर्घटना, तीन जनाको मृत्यु

हेटौंडा – काठमाडौं आउँदै गरेको जीप हेटौंडामा दुर्घटना भएको छ । रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखलडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर ललन कुर्मितले जानकारी दिए…