काठमाडौं– नेपाल प्रहरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले असई रेशम खड्कालाई बालाजु बाइपासबाट पक्राउ गरेको हो । खड्काले सेवाग्रहीलाई घुस मागेर हैरान बनाएपछि अख्तियारमा उनको बारेमा उजुरी परेको थियो । पिडितले उनलाई काठमाडौको एक होटलमा बोलाएर घुस दिएलगत्तै अख्तियारमा खबर गरेका थिए । …