अबको केही हप्ताभित्र काठमाडौंमा यस्तो ‘बिजनेश कम्प्लेक्स’ सञ्चालनमा आउँदैछ, जसलाई बर्दीधारी सैनिकहरूले पहरा दिइरहेका हुनेछन् । काठमाडौंको केन्द्रमा रहेको महाँकालस्थान सामुन्ने बनेको अत्याधुनिक यो व्यापारिक भवन नेपाली सेना आफैंले निर्माण गरेको हो । जंगी अड्डाले यो व्यापारिक भवन भाडामा दिन बोलपत्र आह्वान गरिसकेको छ । टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरेर आउँदो १ माघबाट भाडामा दिइने…