नेपाल–भारत सीमामा सशस्त्र चेकपोष्ट थप्ने सरकारको निर्णय

काठमाडौं – सीमा सुरक्षा गर्न सरकारले नेपाल भारत सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने निर्णय भएको जानकारी दिए । यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट रहेको थियो ।…