काठमाडौं - ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग…