सरकारले सार्वजनिक गरेको शिक्षा नीतिः निजी विद्यालयप्रति मध्यमार्गी

प्रकाश सिलवाल काठमाडौं – शिक्षामा बढ्दो व्यापारिकरण रोक्न निजी विद्यालय क्रमशः बन्द गर्नुपर्ने सुझाव दिइए पनि ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले निजी लगानीको संरक्षण गर्दै सेवामूलक बनाउने मध्यमार्गी नीति अँगालेको छ । प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्मको संरचना र नीतिमा पुनरावलोकन गरिएको सङ्घीय व्यवस्थापछिको पहिलो राष्ट्रिय शिक्षा नीतिले सरकारी र निजी क्षेत्रको साझेदारीलाई प्राथमिकता दिएको छ…