प्रधानमन्त्री देउवालाई कानुनविद्हरूको राय, ‘तपाईँले राजीनामा दिनु पर्दैन’

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरणका बारेमा शनिबार कानुनविदहरुसँग परामर्श गरेका छन्।     राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र वाम गठबन्धनका नेताहरुले सत्ता छाड्न चर्को दवाव दिएपछि त्यसबारेमा प्रधानमन्त्री देउवाले शनिबार कानुनविद्हरुसँग परामर्श गरेका हुन्।     परामर्शका क्रममा कानुनविद्हरुले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाव दिएका…