काठमाडौं– मुलुकमा तीनवटै तहको चुनाव सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शीतल निवासमा बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परीणामत्रबारे जानकारी गराए। राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएकी छन्। साथै अब मुलुकमा राजनीतिक…