काठमाडौं - मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको अतिरिक्त शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय गरेको हो। ‘बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ,’। मेडिकल कलेजलाई सरकारले पन्ध्र…