काठमाडौं – मंगलबार काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका–५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका–३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका–११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेका छन् । उक्त…